शीर्षकहरू

प्यासेन्जर कार सेग्मेन्टमा पछिल्लो २ महिनादेखि 'लिड' गर्दै ह्युण्डाई, अन्य ब्राण्डको अवस्था कस्तो ?

प्यासेन्जर कार सेग्मेन्टमा पछिल्लो २ महिनादेखि 'लिड' गर्दै ह्युण्डाई, अन्य ब्राण्डको अवस्था कस्तो ?

काठमाडौं । नेपालमा प्यासेन्जर कार (ट्याक्सी बाहेक) बिक्री गर्नेमा ह्युण्डाईले लिड गर्न थालेको छ । २०२५ को सेप्टेम्बर अन्तिमसम्मको विवरण हेर्दा नेपालमा धेरै ह्युण्डाईको प्यासेन्जर कार भित्रिएको तथा बिक्री भएको देखिन्छ । 

भन्सार विभागको तथ्यांक अनुसार २०२५ को सेप्टेम्बर अन्त्यसम्म नेपालमा प्यासेन्जर कार सेग्मेन्टमा ह्युण्डाईले १५.०४ प्रतिशत बजार हिस्सा ओगटेको छ । यस अवधिमा १ हजार ४७३ वटा कार ह्युण्डाईले नेपाल भित्र्याएको तथ्यांकमा उल्लेख छ । यो संख्या कम्पनीले नेपालमै एसेम्बल गरेका कारहरु पनि समेटिएका छन् । 

जुन महिनाको अन्तसम्म यस सेग्मेन्टमा ह्युण्डाई तेस्रो स्थानमा थियो । सो अवधिसम्ममा पहिलो स्थानमा बीवाईडी र दोस्रो स्थानमा एमजी रहेको थियो । तर, जुलाईदेखि बजारको अधिक हिस्सा ह्युण्डाईले कब्जा गरेको छ । जुनको अन्त्यसम्म बीवाईडीकोे १ हजार १५८, एमजीकोे १ हजार १४१ र ह्युण्डाईको १ हजार १६ वटा प्यासेन्जर कार नेपाल भित्रिएका थिए । तर, अगस्टको महिनामा मात्रै ह्युण्डाईका १७५ कार नेपाल भित्रिदा बीवाईडीका १५ भित्रिए भने एमजीका एउटा कार पनि भित्रिएनन् । सो महिनामा मारुतिका ७० वटा र टाटाका ६४ वटा कार भित्रए । 

यससँगै २०२५ को जनुवारीदेखि अगस्टसम्म नेपालमा भित्रिएका ह्युण्डाईको कारहरुको संख्या १ हजार १९० वटा पुग्यो र धेरै कार भित्रिनेमा ह्युण्डाई पहिलो बन्यो । सो अवधिसम्म बीवाईडीको १ हजार १७३ र एमजीका १ हजार १४१ वटा भित्रिए ।

२०२५ को सेप्टेम्बर महिनामा मात्रै हुण्डाईको ७५ वटा कार भित्रिदा बीवाईडी र एमजीको एउटा पनि कार भित्रिएन भने टाटा र मारुतिको क्रमशः ९१ र ८८ वटा कार भित्रिएका छन् । सरसरती हेर्दा सेप्टेम्बरमा भने सबै भन्दा धेरै कार टाटाको भित्रिएका छन् ।

सेप्टेम्बर अन्त्यसम्म १ हजार ४७३ वटा कार सहित ह्युण्डाई पहिलो स्थानमा रहँदा १ हजार २६४ वटा कार सहित बीवाईडी दोस्रो र १ हजार १५० कार सहित एमजी तेस्रो स्थानमा रहेका छन् । ह्युण्डाईले १५.०४ प्रतिशत बजार हिस्सा ओगट्दा बीवाईडीले १२.९० र एमजीले ११.७४ प्रतिशत ओगटेका छन् । 

साेही अवधिमा ९९७ वटा कार भित्र्याएको टाटाले १०.१८ प्रतिशत बजार ओगटेको छ भने ७१८ वटा कार भित्र्याएको मारुतीले ७.३३ प्रतिशत, ६७२ कार भित्र्याएको डोङफेङले ६.८६ प्रतिशत हिस्सा ओगटदा कियाले ४.६५ र दिपलले ३.९० प्रतिशत हिस्सा ओगटेको छ । कियाको ४५६ र दिपलको ३८२ वटा कार नेपाल भित्रिएको विभागको तथ्यांक छ । 

समिक्षा अवधिसम्ममा लिप मोटरका ३१८, काईका २४४ वटा, अमोडाका २१८, प्रोटनका २०२, जीएसीका २०१, निसानका २०१, टोयोटाका १७०, महिन्द्रका १३७ र जेईकोका १०५ वटा प्यासेन्जर कार नेपाल भित्रिएका छन् ।  

null