शीर्षकहरू

जेनजी प्रदर्शन : एक अर्ब २९ करोड बीमा दाबी भुक्तानी

जेनजी प्रदर्शन : एक अर्ब २९ करोड बीमा दाबी भुक्तानी

काठमाडौं ।  जेनजी प्रदर्शनका क्रममा भएको तोडफोडबाट निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबीमध्ये एक अर्ब २९ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । नेपाल  बीमा प्राधिकरणका अनुसार असोज २२ गतेसम्ममा अग्रिम भुक्तानी समेत गरी कम्पनीहरूले एक अर्ब २९ करोड १९ लाख भुक्तानी गरेका हुन् । 

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको मूल्याङ्कनका लागि बुधबारसम्ममा दुई हजार ७०६ जना बीमा सर्भेयर परिचालन गरेका छन् । हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार असोज २२ गतेसम्ममा बीमा कम्पनीहरुमा २३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा तीन हजार ९९ वटा बीमा दाबी परेको छ ।