भैरहवा । पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ९ औं अधिवेशन भएको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको सहकारीको शनिवार २६ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन भएको हो ।
अधिवेशनबाट अध्यक्षमा अर्जुन बस्याल, उपाध्यक्षमा लालमणी भूसाल, सचिवमा ताराप्रसाद नेपाल, कोषाध्यक्ष भिमा भण्डारी सापकोटा, सदस्यमा पूर्णभद्र बस्याल, लक्ष्मण भट्टराई, प्रकाश बन्जाडे, गोमा गैरे, सङ्गिता श्रेष्ठले चयन भएका छन् । लेखा संयोजक बिष्णु पाण्डे, सदस्यमा चन्द्रकातन्त बस्याल, राधा आचार्य, ऋण उपसमिति सदस्यमा पशुपति भण्डारी र दिपक बस्याल, शिक्षा उपसमिति सदस्यमा विजय खरेल, डालिसरा गाहा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष अर्जुन बस्यालले संस्थालाई आधुनिक र प्रविधिक मैत्री ढङ्गबाट शेयर सदस्यको हितमा रहेर काम गर्ने बताए । संस्थामा २ करोड ४० लाख ४४ हजार ५ सय रहेको छ । संस्थामा ५३५ जना महिला सदस्य र ५३१ जना पुरुष सदस्य रहेका छन् । संस्थाले आव २०८१र०८२ मा ४९ लाख ९४ हजार, ७ सय ७४ रूपैयाँ मुनाफा गरेको छ ।
कार्यक्रममा असल ऋणी र शेयर सदस्यका छोराछोरीले कक्षा १२ मा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङले संस्थाले सदस्यको हितमा रहेर सधै काम गर्नु पर्ने बताए ।
रूपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्याप्रसाद भण्डारीले मुलुकमा रहेकत ३२ हजार सहकारी तथा वित्तीय संस्थाका केही संस्थाले बदमास गर्दा सबै संस्था बदनाम हुनु परेको बताउँदै शेयर सदस्यले आफ्नो संस्थामा चाँसो देखाउनु पर्ने बताए । उद्घाटन सत्रमा उपाध्यक्ष थमनबहादुर क्षेत्रीले स्वागत मन्तव्य र सचिव अर्जुन बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
आर्थिकन्यूज