शीर्षकहरू

'फरथिङ तिहार भाइब' अभियान सुरु हुँदै, आइफोन १७ प्रो जित्ने अवसर

'फरथिङ तिहार भाइब' अभियान सुरु हुँदै, आइफोन १७ प्रो जित्ने अवसर

काठमाडौं ।  लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालिले तिहारको अवसरमा विशेष अफर फरथिङ तिहार भाइब घोषणा गरेको छ। यो विशेष अफर असोज २७ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी फरथिङ फ्राइडे अनुभव गर्न सक्नेछन् ।

यो सीमित समयको अफरमा ग्राहकहरूले थुप्रै रोमाञ्चक सुविधा र उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । जस अन्तरगतबुकिङमा आइफोन १७ प्रो प्राप्त गर्ने अवसर, आकर्षक नगद छुट, ८ वर्षको वारेन्टी,६ वर्षसम्म निःशुल्क सर्भिसिङ, होम चार्जर, स्पेयर टायर र १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क प्राप्त गर्न सकिने छ । 

फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको छ।

सहरका सडकहरूदेखि सप्ताहन्तका यात्रासम्मका लागि उपयुक्त सो गाडीमा ६४.४ किलोवाट क्षमताको ब्याट्री, ९९ किलोवाटको मोटर रहेको छ । यस्तै, ४०० किलोमिटर रेन्ज रहेको सो ईभीको भित्री डिजाइन आरामदायी, काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ। यसका साथै, प्रिमियम मसाज स्पोर्ट्स सिट समावेश गरिएको छ जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको छ ।

अभियानबारे बोल्दै लक्ष्मी ई–मोबिलिटी प्रालिले यो अभयिान केवल एउटा अफर मात्र नभएर तिहारका उत्सवलाई सम्मानित ग्राहकहरूसँग साझा गर्ने विशेष अवसर भएको उल्लेख गरेको छ । 'हामी सफा, स्मार्ट र अत्याधुनिक मोबिलिटीको यात्रातर्फ अघि बढ्दैछौं र चाहन्छौं कि हाम्रा ग्राहकहरूले यो गाडी  चलाउँदा केवल प्रविधि होइन, भावनात्मक अनुभव पनि गर्न सकून्।’ कम्पनीले उल्लेख गरेको छ । 

ग्राहकहरूलाई थापाथली र नमसालस्थित फरथिङ फ्राइडेको शोरुममा आमन्त्रण गरिएको छ, जहाँ सबैले फरथिङ फ्राइडेको आधुनिक डिजाइन, फराकिलो इन्टेरियर, स्मार्ट ड्राइभिङ प्रणाली र उत्कृष्ट प्रदर्शन नजिकबाट अनुभव गर्न सक्नेछन्। अभियान अवधिभर टेस्ट ड्राइभ र व्यक्तिगत परामर्श सेवा पनि उपलब्ध हुनेछ।