शीर्षकहरू

यी हुन् सानिमा बैंकका १५ ठुला शेयरधनी, सन नेपाल लाइफ चौथो नम्बरमा

यी हुन् सानिमा बैंकका १५ ठुला शेयरधनी, सन नेपाल लाइफ चौथो नम्बरमा

काठमाडौं । सानिमा बैंकको ठुला लगानीकर्ताहरुको संख्या १५ रहेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको विवरण अनुसार ०.५ वा सो भन्दा धेरै शेयर स्वामित्व कामभ भएका लगानीकर्ताको संख्या १५ रहेको छ । 

जसमध्ये सन नेपाल पनि बैंकको ठुलो लगानीकर्ताको रुपमा रहेको छ । १५ मध्ये सन नेपाल चौथो ठुलो शेयरधनी भएको छ । सन नेपालसँग सो बैंकको ६१ लाख १४ हजार ९०० कित्ता शेयर रहेको छ । जुन कुल शेयरको ४.५० प्रतिशत हो । यसैगरी सबैभन्दा ठुलो शेयरधनी भने अरुण कुमार ओझा रहेका छन् । उनको १ करोड ७ लाख ८१ हजार ५४२ कित्ता शेयर तथा ७.९४ प्रतिशत स्वामित्व रहेको छ । 

यसैगरी, दोस्रो ठुलो शेयरधनीमा टेक राज निरौला रहेका छन् । जसको ८६ लाख ७४ हजार ५७० कित्ता शेयर तथा ६.३९ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, ७२ लाख ३१ हजार ९१४ कित्ता शेयर तथा ५.३२ प्रतिशत स्वामित्व सहित जिवनाथ लामिछाने बैंकको तेस्रो ठुलो शेयरधनी रहेका छन् । 

त्यसैगरी, कर्मचारी संचय कोषसँग बैंकको ५८ लाख १४ हजार १६ कित्ता शेयर तथा ४.२८ प्रतिशत स्वामित्व, विनय कुमार श्रेष्ठसँग ५७ लाख ५१ हजार २०८ कित्ता शेयर तथा ४.२३ प्रतिशत स्वामित्व, अमला इनभेष्टमेन्टसँग ५३ लाख ३९ हजार ५८२ कित्ता शेयर तथा ३.९७ प्रतिशत स्वामित्व, खेमराज लामिछानेसँग ४६ लाख ७२ हजार ४५६ कित्ता शेयर तथा ३.४४ प्रतिशत स्वामित्व, घनश्याम थापासँग ४५ लाख ९७ हजार ९३७ कित्ता शेयर तथा ३.३९ प्रतिशत स्वामित्व, राम कृष्ण शाहसँग ३३ लाख ७९ हजार ९०१ कित्ता शेयर तथा २.४९ प्रतिशत स्वामित्व र सोनम ग्याल्सोसँग १२ लाख ४६ हजार ५०७ कित्ता शेयर तथा ०.९२ प्रतिशत स्वामित्व रहेको छ । 

शाम्बा लामासँग, १० लाख ७३ हजार ९८ कित्ता शेयर, दिलीप श्रेष्ठसँग ९ लाख ३९ हजार १६३ कित्ता, मनोकामना क्यापिटल इन्भेस्टमेन्टसँग ७ लाख ८३ हजार ७०१ कित्ता र गीता क्षेत्रीसँग बैंकको ७ लाख ७५ हजार ५०९ कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । 

null