शीर्षकहरू

सुनचाँदी व्यवसायीको घरमा राजस्व अनुसन्धानको छापा,व्यवसायीद्वारा चर्को विरोध

सुनचाँदी व्यवसायीको घरमा राजस्व अनुसन्धानको छापा,व्यवसायीद्वारा चर्को विरोध

वीरगञ्ज । वीरगन्जमा सुनचांदी व्यवसायीको घरमा छापामारी गरिएको छ ।वीरगञ्ज महानगरपालिका–९, गीता मन्दिर रोडस्थित एक सुनचाँदी व्यवसायीको घरमा सोमबार बिहान छापामारी गरिएको हो ।राजस्व चुहावटको आशंकामा राजस्व अनुसन्धान कार्यालय  पथलैयाको टालीले  अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घरमा छामामारे छ । प्राप्त गोप्य सूचनाका आधारमा सर्राफको घर र पसलमा एकैपटक छापामारि  बताइएको छ ।

अनुसन्धान अधिकृतहरूको टोलीले कारोबारसँग सम्बन्धित कागजात, खाता, बिल–भौचर, विद्युतीय उपकरणहरू (कम्प्युटर, मोबाइल, स्टोरेज डिभाइसहरू) र अन्य प्रमाणहरू नियन्त्रण लिएको छ।  राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माले भने, “राजस्व चुहावटको विश्वसनीय सूचना प्राप्त भएपछि कानुनी प्रक्रिया अनुसार खानतलासी भइरहेको छ । आवश्यक कागजात र प्रमाण संकलनको काम जारी छ, ।”

राजश्व अनुशन्धान कार्यालयले अनावश्यक व्यापारीलाई  दिएको भन्दै सुनचाँदी व्यवसायीले चर्को बिरोध गरेका छन । व्यपारीको बिरोधलाई मध्यनजर गर्दै  वाक्लो सुरक्षाकर्मिहरु परिचालन गरिएको थियो ।

अनुसन्धान टोलीले सर्राफलाई दिएको पत्रमा उल्लेख गरिए अनुसार ऐन, २०५२ बमोजिम तपाईँको घर तथा कारोबार स्थलमा खानतलासी गरिँदैछ जनाइएको छ । जसअनुसार  कारोबारसँग आवश्यक सबै कागजात, मालसामान र अन्य प्रमाणहरू नियन्त्रणमा लिइने छन्। आवश्यक परे स्थललाई शीलछाप गर्न सकिने जानकारी गराउदै , कृपया अनुसन्धान टोलीलाई सहयोग पु¥याउनु अनुरोध समेत गरिएको छ छापामारीका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ । बिहानैदेखि सुरु भएको खानतलासी कार्य दिउँसोसम्म चलेको थियो ।

छापामारीको घटनाले  वीरगञ्जका सुनचाँदी व्यवसायी राजश्वको छापा आतंक पुन सुरु भएको भन्दै चर्को बिरोध जनाएका छन । राजस्व अनुसन्धान कार्यालयको कार्यशैलीप्रति आपत्ति जनाउँदै छापामारी भएको घर अगाडि   प्रदर्शन गर्दै चर्को नाराबाजी गरेका छन् ।

घरमा सामग्री राखेको आधारमा छापा मार्नु अनावश्यक र असान्दर्भिक भएको व्यपारीहरुको भनाइ छ ।वीरगन्जका अधिकांस चुनचाँदी व्यवसायीहरु गहना राखेर चर्को व्याजदरमा कर्जा समेत दिने गरेको  तराइमा चलन रहेको छ ।छापामारि गरिएको सर्राफ पनि ठुलो मिटर व्याजी भएको बताइन्छ ।

तर राजस्व अनुसन्धान कार्यालयले भने यस्तो गतिविधि सामान्य अनुसन्धान प्रकृया अन्तर्गत पर्ने बताएको छ । “हामी कुनै पनि व्यापारीलाई लक्षित गरेर होइन, प्रमाण र सूचनाको आधारमा मात्र काम गर्छौं,” प्रमुख अधिकृत शर्माले स्पष्ट पारे । प्रमुख अधिकृत शर्माका अनुसार, आवश्यक प्रमाण संकलन पछि मात्रै थप कानुनी कारबाहीबारे निर्णय गरिने छ ।

वीरगञ्जको सुनचाँदी बजारमा राजस्व अनुसन्धानको यो छापाले अहिले मिश्रित प्रतिक्रिया सिर्जना गरेको छ । एकातिर राजस्व चुहावट नियन्त्रणको नाममा सरकारले कडाइ गरेको देखिन्छ भने अर्कोतर्फ व्यवसायीहरू आफूहरूलाई “अनावश्यक उत्पीडनको सिकार” भएको गुनासो व्यक्त गरिरहेका  छन्। घटना के कति ठोस प्रमाणमा आधारित छ भन्ने कुरा भने आगामी अनुसन्धानको कार्यवाहि पछि  मात्र खुलासा हुनेछ ।