शीर्षकहरू

जेनजी आन्दोलनको क्षतिको शिखरले गर्यो ५२ प्रतिशत बीमा दाबी भुक्तानी

जेनजी आन्दोलनको क्षतिको शिखरले गर्यो ५२ प्रतिशत बीमा दाबी भुक्तानी

काठमाडौं । जेनजीको आन्दोलबाट क्षति भएका बीमितलाई शिखर इन्स्योरेन्सले बीमा दाबी भुक्तानी तिब्र रुपमा गर्न थालेको छ । उक्त आन्दोलनपश्चात शिखर इन्स्योरेन्समा १७४ बीमितहरुबाट ४३३ वटा बीमा दाबी प्राप्त भएको थियो । 

जसम्धये कम्पनीले हालसम्म २२४ वटा बीमा दाबीको अर्थात् ४३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । कम्पनीमा हालसम्म प्राप्त बीमा दाबी संख्याको ५२ प्रतिशत दाबीको भुक्तानी भएको छ । कम्पनीमा हालसम्म परेको कुल दाबी रकम २ अर्ब ४१ करोड मध्ये कम्पनीको खुद हिस्सा करिब ३७ करोड मात्र हुनेछ । 

कम्पनीले बीमितहरुबाट बीमा दाबीका लागि आवश्यक कागजातहरु पूर्ण रुपमा प्राप्त नभएको अवस्थामा समेत भौतिक रुपमा दाबी यकिन गरी क्षतिको प्रकृति अनुरुप सर्भेयरको प्रतिवेदनको आधारमा विमितहरुलाई अग्रिम दाबी भुक्तानी गर्दै आएको छ । 

यस विषम परिस्थितिमा बीमा दाबीका लागि आवश्यक कागजात पेश गर्ने सन्दर्भमा प्रहरी कार्यालयबाट आवश्यक प्रहरी प्रतिवेदन तथा पूर्ण रुपमा जलेर नष्ट भएको मोटरको दर्ता खारेजको प्रमाणपत्र प्राप्त हुन भएको ढिलाइको कारण बीमा दाबीको पूर्ण रुपमा फछ्यौट गर्न विलम्व भइरहेको हुँदा सम्बन्धित निकायहरुबाट बीमा दाबीको लागि आवश्यक कागजात सहज रुपमा यथाशिघ्र उपलब्ध गराइदिन समेत कम्पनीले अनुरोध गरेको छ । 

दाबी प्रकृयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलीकृत दाबी प्रकृया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान भईरहेको छ । कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरूबाट क्षति मुल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गरेको जनाईएको छ । कम्पनीबाट ग्राहकहरुलाई सरल तथा सहज बीमा सेवा प्रदान गर्ने उद्धेश्य सहित ३६५ दिन तथा २४ घण्टा उपलब्ध हुने गरी कल सेन्टर सेवाको समेत सुरुवात गरिसकेको उल्लेख गरिएको छ । 

बीमा दाबी सम्बन्धमा कम्पनीबाट खटाइएका कुनै सर्भेयरको सेवा सम्बन्धमा केहि गुनासो भएमा वा बीमा दाबी सहजिकरणका लागि कम्पनीको सम्बन्धित कर्मचारी वा दाबी विभागमा सम्पर्क पनि कम्पनीले भनेको छ । यसका लागि विस्तृत सम्पर्क ठेगाना तथा नम्बरहरू कम्पनीको वेबसाइटमा उल्लेख छ ।