शीर्षकहरू

विदेश पढ्न जानेले २ महिनामा लगे ३२ अर्ब ७६ करोड

खुद सेवा आय ३१ अर्ब १६ करोडले घाटामा

विदेश पढ्न जानेले २ महिनामा लगे ३२ अर्ब ७६ करोड

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको २ महिनाको आर्थिक विवरण अनुसार, भदौसम्म मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २८ अर्ब २० करोड थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय नौ दशमलव  छ  प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रहेको थियो ।

यस्तै, खुद सेवा आय ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव आठ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रहेको थियो ।