शीर्षकहरू

राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्दै, चिनीया कम्पनीलाई साढे १ अर्बको ठेक्का

राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्दै, चिनीया कम्पनीलाई साढे १ अर्बको ठेक्का

काठमाडौ । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ । केन्द्रीय बैंकले ४२ करोड थान नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सो कम्पनीलाई ५० रुपैयाँ दरका ४२ करोड थान नेपाली नोट डिजाइन, छपाइ, आपूर्ति र वितरणका लागि ठेक्का दिएको हो । उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि १ करोड ४ लाख २२ हजार ५३५ अमेरिकी डलर २१ सेन्ट अर्थात एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिनेछ । 

नयाँ नोट छाप्नका लागि सबैभन्दा कम लागत बोल गर्ने कम्पनीलाई जिम्मा दिने निर्णय बैंकले गरेको हो।