शीर्षकहरू

नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट

नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट

काठमाडौं । नेपाल सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि छनोट भएको छ।

नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गरेको हो। यसअघि नेपालले २०२४ र सन् २०१४ को टी-२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो।

ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले अर्को वर्ष हुने टी-२० विश्वकपमा टिकट पक्का गरेको हो।

यो छनोटअन्तर्गत सुपर-६ का शीर्ष ३ टोली टी-२० विश्वकपमा पुग्ने प्रावधान छ। जसमा आज युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको शीर्ष ३ स्थान पक्का भएको हो।

नेपालसँगै घरेलु टोली ओमान पनि टी-२० विश्वकप २०२६ का लागि छनोट भएको छ।

null