शीर्षकहरू

ग्लोबल आइएमई बैंककाे वार्षिक साधारणसभा आह्वान

ग्लोबल आइएमई बैंककाे वार्षिक साधारणसभा आह्वान

काठमाडौं । ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले कार्तिक २६ गतेका दिन बिहान सभा आह्वान गरेको हो।

 बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफा समेतबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

साधारणसभा प्रयोजनको लागि बैंकले कार्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थात् कार्तिक १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु

१) संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने ।

३) बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्युरिटिज लि. समेतको आ.व २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated Financial Statement) वित्तिय विवरण पारित गर्ने ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१/८२ को मुनाफा समेतबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित ) स्वीकृत गर्ने ।

५) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/८३ को लेखापरीक्षण कार्यका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

 विशेष प्रस्ताव

१) बैंकको प्रबन्धपत्र / नियमावलीमा व्यवसायिक उद्देश्यहरु थप वा संशोधन गर्ने र सोमा नियमनकारी निकायहरुबाट थप सुझाव वा हेरफेर वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने गरी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।