शीर्षकहरू

टीयू क्रिकेट रंगशालाको गुरु योजना स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

टीयू क्रिकेट रंगशालाको गुरु योजना स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाला आयोजनाको गुरु योजना स्वीकृत गर्ने भएको छ । बिहिबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले उक्त आयोजनाको गुरु योजना स्वीकृत गरि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको हो । 

गुरु योजना बमोजिम बाँकी कार्यको बोलपत्र आह्वान गरी टेन्डर प्रक्रिया अघि बढाउन स्वीकृती प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा जगदीश खरेलले जानकारी दिए । पछिल्लो समय नेपालले क्रिकेटमा लगातार सफलता पाउँदै गएको छ ।

आगामी टी २० विश्वकका लागि नेपाल छनौट भइसकेको छ । सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका प्रवक्ता खरेलले नेपाली क्रिकेट टिमले पाएको सफलतालाई साथ दिनका लागि यस्तो निर्णय गरिएको बताए ।