काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आश्विन ३० गते बार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । उक्त सभाले कम्पनीको साधारण शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनी अन्र्तगत सञ्चालनमा रहेको आयोजनाले मिती २०८२ बैशाखदेखि विद्युत उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ ।
कम्पनीले क्ष्एइ को ऐजेण्डा सहित आ.ब. २०८१÷८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृती, आ.ब. २०८२/८३ को लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक स्वीकृती, व्यक्ती वा संस्थाहरुलाई रणनैतिक साझेदारको रुपमा संस्थापक शेयरधनी भित्राउने लगायत प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन सहितका ऐजेन्डाहरु पारित गरेको छ ।
साथै कम्पनीले निर्वाचन पक्रियाबाट सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितीमा युरेसमान कायस्थ, आनन्ध चौधरी, कृष्ण प्रसाद खाताखो, तिर्थ राज पुरी र दिपिका प्रधान चयन भएका छन ।
आर्थिकन्यूज