काठमाडाैं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ। असोज ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएकाे छ ।
कम्पनीले कार्तिक ३० गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि कार्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
आर्थिकन्यूज