काठमाडौं। गत असोज १८ गतेको अविरल वर्षा र बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा तीन अर्ब २६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, असोज ३० गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १३ निर्जीवन बीमा कम्पनी र दुई लघु निर्जीवन बीमा कम्पनीहरूमा ७०४ वटा बीमा दाबी परेको छ।
रकमको आधारमा शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै दाबी परेको छ। तथ्यांकअनुसार, यस कम्पनीमा ६० करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी परेको छ। यस कम्पनीमा बाढीका कारण ५० करोड ६४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। एनएलजी इन्स्योरेन्स कम्पनीमा ५० करोड ४७ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा ३७ करोड ५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। नेशनल इन्स्योरेन्स कम्पनीमा २९ करोड ४९ लाख रुपैयाँ बराबरको दाबी परेको छ। दि ओरियण्टल इन्स्योरेन्समा २० करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको छ। आइजिआई प्रुडेन्सियलमा १६ करोड ९५ लाख, युनाइटेड अजोडमा १२ करोड ५६ लाख, नेको इन्स्योरेन्समा १२ करोड १० लाख, सगरमाथा लुम्बिनीमा १२ करोड ९ लाख, प्रभु इन्स्योरेन्समा १० करोड ४६ लाख, नेपाल इन्स्योरेन्समा १० करोड १८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ।
यस्तै, सानिमा जिआईसीमा दुई करोड ८५ लाख बराबरको बीमा दाबी परेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीमा आठ लाख २० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ। स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा आठ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
दि ओरियण्टलमा पर्यो सबैभन्दा बढी २१० वटा बीमा दाबी
गत असोजमा आएको वर्षा र बाढीले भएको क्षतिका कारण दि ओरियण्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै संख्यामा बीमा दाबी परेको छ। प्राधिकरणका अनुसार, बीमा दाबी संख्याको आधारमा यस कम्पनीमा सबैभन्दा बढी दाबी परेको हो। असोज ३० गतेसम्ममा ओरियण्टल कम्पनीमा २१० वटा बीमा दाबी परेको छ।
धेरै वटा दाबी पर्नेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा परेको छ। यस कम्पनीमा ६८ वटा दाबी परेको छ। आइजिआई प्रुडेन्सियल कम्पनीमा ५९ वटा बीमा दाबी परेको छ।
शिखर इन्स्योरेन्समा ५४, एनएलजीमा ४३, हिमालयन एभरेष्टमा ३७, नेशनल इन्स्योरेन्समा २५ र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा २८ वटा बीमा दाबी परेको छ।
नेको इन्स्योरेन्स कम्पनीमा ३१, सगरमाथा लुम्बिनीमा ५७, प्रभु इन्स्योरेन्समा ८, नेपाल इन्स्योरेन्समा ४२, सानिमा जिआईसीमा ३४, ट्रस्ट माइक्रोमा ३ र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा ५ वटा बीमा दाबी परेको छ।
सम्पत्ति बीमामा ३६४ वटा बीमा दाबीबाट दुई अर्ब ७० करोडको दाबी
असोजमा परेको अविरल वर्षा र बाढीका कारण सम्पत्ति बीमामा सबैभन्दा धेरै दाबी परेको छ। प्राधिकरणको तथ्यांकअनुसार, सम्पत्ति बीमामा ३६४ वटा बीमा दाबी परेको छ। असोज ३० गतेसम्ममा सो संख्याका दाबीहरूबाट दुई अर्ब ७० करोड ६९ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ।
यस्तै, इन्जिनियरिङ र ठेकेदार जोखिम बीमामा ८९ वटा दाबी परेको छ। ती दाबीहरूबाट ४८ करोड ४ लाख रुपैयाँ बराबरको बीमा दाबी सृजना भएको छ। कृषि तथा बाली बीमामा २०९ वटा दाबी परेका छन्, जसबाट कम्पनीहरूमा चार करोड ३२ लाख रुपैयाँ बराबरको बीमा दाबी सृजना भएको छ।
यस्तै, मोटर बीमा (निजी) मा ३३ वटा र दुई करोड ५२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। मोटर बीमा (सार्वजनिक) मा ९ वटा बीमा र एक करोड पाँच लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। यस्तै, अन्य बीमामा दुई वटा दाबी परेको छ भने १२ लाख ६० हजार रुपैयाँको बीमा दाबी परेको छ।
| क्रस | बीमा कम्पनी | दाबी संख्या | बीमा दाबी रकम (रु) |
|---|---|---|---|
| 1 | शिखर इन्स्योरेन्स | 54 | 60 करोड 94 लाख |
| 2 | सिद्धार्थ इन्स्योरेन्स | 68 | 50 करोड 64 लाख |
| 3 | एनएलजी इन्स्योरेन्स | 43 | 50 करोड 47 लाख |
| 4 | हिमालयन एभरेष्ट इन्स्योरेन्स | 37 | 37 करोड 5 लाख |
| 5 | नेशनल इन्स्योरेन्स | 25 | 29 करोड 49 लाख |
| 6 | दि ओरियण्टल इन्स्योरेन्स | 210 | 20 करोड 77 लाख |
| 7 | आइजिआई प्रुडेन्सियल | 59 | 16 करोड 95 लाख |
| 8 | युनाइटेड अजोड इन्स्योरेन्स | 28 | 12 करोड 56 लाख |
| 9 | नेको इन्स्योरेन्स | 31 | 12 करोड 10 लाख |
| 10 | सगरमाथा लुम्बिनी | 57 | 12 करोड 9 लाख |
| 11 | प्रभु इन्स्योरेन्स | 8 | 10 करोड 46 लाख |
| 12 | नेपाल इन्स्योरेन्स | 42 | 10 करोड 18 लाख |
| 13 | सानिमा जिआईसी | 34 | 2 करोड 85 लाख |
| 14 | ट्रस्ट माइक्रो इन्स्योरेन्स | 3 | 8 लाख 20 हजार |
| 15 | स्टार माइक्रो इन्स्योरेन्स | 5 | 8 लाख |
आर्थिकन्यूज