शीर्षकहरू

यस वर्ष पनि सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सलिको रहने

यस वर्ष पनि सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सलिको रहने

काठमाडाैँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो सहभागिता सुदृढ गरेको छ।

यस विषयमा कम्पनी र सुदूरपश्चिम रोयल्सबीच शुक्रबार सम्झौता भएको छ । यो निरन्तर साझेदारी खेलकुदको विकास र सुरक्षाप्रति हाम्रो साझा विश्वासको प्रतिविम्ब भएकाे कम्पनीकाे भनाइ छ।

सम्झौता कार्यक्रममा बाेल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पुनः सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित भएकाे बताए । जोखिम व्यवस्थापनमा अग्रसर कम्पनीका रूपमा खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न प्रोत्साहित गर्न चाहेकाे उनकाे भनाइ थियाे । यस सिजनमा कप सुदूरपश्चिमले हात पार्ने विश्वास पनि उनले व्यक्त गरेका थिए । 

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का भन्छन्, ' सलिकाे जस्तो प्रतिष्ठित ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। उहाँहरूको निरन्तर साथले ल्एी लाई अझ उचाइमा पुर्‍याउनेछ र थप संस्थाहरुलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ।'

कम्पनीले नेपालभरका १०० भन्दा बढी शाखामार्फत व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई बीमाका विविध सेवा प्रदान गर्दै आएको छ।