काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । भदौ र असोज महिनामा २० वटा वाणिज्य बैंकले १६ अर्ब ६० करोड रुपैयाँ खद नाफा आर्जन गरेका छन् ।
जसमध्ये सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा नबिल बैंक दोस्रो नम्बरमा झरेको छ । विगतमा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो स्थानमा रहँदै आएको थियो ।
साउन र भदौ महिनामा नबिलले १ अर्ब ३२ करोड कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड, कुमारी बैंकले १ अर्ब ५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ४ करोड र एनएमबी बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यसैगरी, लक्ष्मी सनराईज बैंकले ९७ करोड, एभरेष्ट बैंकले ९१ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड, सिद्धार्थ बैंकले ८४ करोड, नेपाल बैंकले ८४ करोड, सानिमा बैंकले ७२ करोड, प्रभु बैंकले ६७ करोड, कृषि विकास बैंकले ५९ करोड, सिटिजन्स बैंकले ५५ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
कुन बैंकको खुद नाफा कति ?

आर्थिकन्यूज