शीर्षकहरू

जेन–जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार

जेन–जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ६१ जना भीआईपी व्यक्तिको नेपाली सेनाले हवाई उद्धार गरेको छ।

नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गरी भदौ २३ र २४ गतेको आन्दोलनका बेला ७६ जनाको मृत्यु भएको जानकारी दिएको छ।

सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरू, मन्त्रीहरू र उनीहरूको परिवारलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा पुर्‍याएको जनाएको छ।

उक्त घटनाक्रममा नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको थियो।

जमिनबाट १२९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले जनधनको सुरक्षा र राष्ट्रिय एकता प्राथमिकता रहेको बताए।

जेन–जी आन्दोलन र त्यसपछिको झडपमा ७६ जनाको मृत्यु भएको पुष्टि सेनाले गरेको हो।