काठमाडौं । शेयर बजार परिसूचक नेप्से १६.६७ अंकले बढेको छ । गत साता लगातार उच्च अंकले घटेको नेप्से आइतबार भने बढेर परिसूचक २५०३ंं.८५ विन्दुमा पुगेको छ ।
यस दिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार दुई अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको अन्तिम दिन विहीबार भने तीन अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस दिन १६३ वटा कम्पनीको शेयरमूल्य बढ्यो भने ७८ कम्पनीको घट्यो । ८ कम्पनीको मूल्य भने स्थिर र¥यो ।
आइतबार बैकिङग समूहको परिसूचक ११.६४ अंकले बढेर १३४९.३६ विन्दुमा पुगेको छ । विकास बैंक परिसूचक भने ११.६४ अंकले घटेर ५२५८.८७ विन्दुमा समेटिएको छ ।
वित्त समूह परिसूचक ११.१६ अंकले बढेर २१७२.८६ विन्दुमा पुगेको छ । होटल एण्ड टुरिजम समूहको परिसूचक ४२.९६ अंकले बढेर ५९७३ंं.१३ विन्दुमा उक्लिएको छ ।
जलविद्युत समूहको परिसूचक २२.०३ अंकले बढेर ३२६९ं.७८ विन्दुमा पुगेको छ । लगानी समूहको परिसूचक भने ०.७६ अंकले बढेर परिसूचक १०१.२१ विन्दुमा पुगेको छ ।
जीवन बीमा समूहको परिसूचक ४०.६३ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ३६.१२ अंकले घटेको छ ।
उत्पादन समूहको परिसूचक ६३.९५ अंकले बढेको छ । यस्तै, लघुवित्त समूहको परिसूचक २२.२२ अंकले बढेको छ । म्यचुअुल फण्ड समूहको परिसूचक ०ं.०२, व्यापार समूहको ३३.२८ र अन्य समूहको परिसूचक २६.०५ अंकले बढेको छ ।
यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको परिसूचक १० प्रतिशतले बढेर ६ हजार ७१० रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ । हिमालयन पावर पार्टनरको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य ५११ रुपैयाँ पुगेको छ ।
भगवती हाइड्रोपावर डेभलमपेन्ट कम्पनीको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । एशियन हाइड्रोपावरको शेयरमूल्य ७.८० प्रतिशतले बढेको छ भने अभियान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.०१ प्रतिशतले बढेको छ ।
यस्तै, यस दिन हिमालयन ८०–२० को शेयरमूल्य सबैभन्दा धेरै ६.१० प्रतिशतले घट्यो । कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.९४ छ भने प्रभु सेलेक्ट फण्डको शेयरमूल्य ३.७६ प्रतिशतले घटेको छ । नेपाल माइक्रो इन्स्योेरेन्सको शेयरमूल्य ३.७० प्रतिशत र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य ३.४२ प्रतिशतले घटेको छ ।
आर्थिकन्यूज