शीर्षकहरू

हवाई टिकटमा जेष्ठ नागरिकलाई ८० प्रतिशतसम्म छुट

हवाई टिकटमा जेष्ठ नागरिकलाई ८० प्रतिशतसम्म छुट

काठमाडौं । हवाई टिकटमा जेष्ठ नागरिकलाई ९० प्रतिशतसम्म छुट दिइने भएको छ । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयमा प्राधिकरणका महानिर्देशकको अध्यक्षमा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्धारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट दिइने छ । 

७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई ७० प्रतिशत र ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई ८० प्रतिशत छुट दिइने । 

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत सोही अनुसारकै न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणले जनाएको छ ।