शीर्षकहरू

सानिमा बैंकको २१औं साधारणसभा सम्पन्न

सानिमा बैंकको २१औं साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ कार्तिक २ गते आइतबारका दिन २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र  निशा कुम्पाख २१औं वार्षिक साधारणसभाबाट निर्बिरोध निर्वाचित भएका छन ।

आर्थिक बर्ष २०८१/८२ मा रु. २.५७ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब तथा खुद कर्जा सापटी रु १८३.४५ अर्ब रहेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले बृद्धि गरेको छ ।