शीर्षकहरू

युनिलिभर नेपालको प्रति कित्ता १८४२ रुपैयाँ लाभांश सरक्षित गर्ने आज अन्तिम दिन

युनिलिभर नेपालको प्रति कित्ता १८४२ रुपैयाँ लाभांश सरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनी सञ्चालक समिति अनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक २५ गते ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुकक्लोज गर्दैछ।

भोली अर्थात कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले कात्तिक २५ गते, मंगलबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।