शीर्षकहरू

टेराकोटा रङमा भित्रियो एथर रिज्टा

टेराकोटा रङमा भित्रियो एथर रिज्टा

काठमाडौं । इलेक्ट्रिक स्कुटर एथर रिज्टा नयाँ टेराकोटा रङमा नेपाल भित्रिएको छ । एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य इनर्जीले एथरको रिज्टा स्कुटर थप नयाँ कलर अप्सनमा नेपाल ल्याएको जनाएको छ।

फ्यामिली सेग्मेन्टमा रहेको रिज्टा स्कुटरलाई लक्ष्मी पूजाको अवसर पारेर गत सोमबार सार्वजनिक गरिएको हो । नयाँ टेराकोटा रातो मोनोटोन र डुअल–टोन दुवै भर्सनमा उपलब्ध हुने बताइएको छ ।

यससँगै एथर रिज्टा अब ९ फरक-फरक रङहरूमा उपलब्ध हुनेछ । जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गर्नेछ ।