शीर्षकहरू

जेनजी प्रदर्शन : निर्जीवन बीमा कम्पनीले भुक्तानी गरे दुई अर्ब ७९ करोड

जेनजी प्रदर्शन : निर्जीवन बीमा कम्पनीले भुक्तानी गरे दुई अर्ब ७९ करोड

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा परेको बीमा दाबीमध्ये निर्जीवन बीमा कम्पनीहरुले करिब तीन अर्ब रुपैयाँ भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कार्तिक ९ गतेसम्म कम्पनीहरुले अग्रिम भुक्तानी सहित कम्पनीहरुले दुई अर्ब ७९ करोड भुक्तानी गरेका छन् । 

प्राधिकरणको तथ्यांक अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब २८ करोड रुपैयाँ भुक्तानी गरेको छ । दि ओरियण्टलले एक करोड ६६ लाख, आइजिआई प्रुडेन्सियलले ३१ करोड ४१ लाख, शिखर इन्स्योरेन्सले ५८ करोड ३२ लाख, सगरमाथा लुम्बिनीले सात करोड २४ लाख, नेको इन्स्योरेन्सले नौ करोड ८० लाख, हिमालयन एभरेष्टले २५ करोड ६० लाख, सानिमा जिआईसीले सात करोड १४ लाख, युनाइटेड अजोडले एक करोड ७८ लाख, एनएलजीले दुई करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, नेपाल इन्स्योरेन्सले ६ करोड ११ लाख, प्रभुले २२ लाख रुपैयाँ भुक्तानी गरेको छ । 

प्रोटेक्टिभ माइक्रोले २५ लाख, ट्रस्ट माइक्रोले २२ लाख र नेपाल माइक्रोले १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । तर, नेशनल, स्टार माइक्रो र राष्ट्रिय बीमा कम्पनीले कुनै पनि रकम भुक्तानी गरेका छैनन् । 

२३ अर्ब २३ करोड बीमा दाबी 

जेनजी प्रदर्शन क्रममा भएको क्षतिले बीमा कम्पनीहरुमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । प्राधिकरणको तथ्यांक अनुसार १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा तीन हजार १८७ संख्यामा बीमा दाबी परेको थियो । 

तथ्यांक अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा पाँच अर्ब ४९ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । दि ओरियण्टलमा पाँच अर्ब २४ करोड रुपैयाँको दाबी परेको छ ।

आइजिआई प्रुडेन्सियलमा दुई अर्ब ७९ करोड, शिखरमा दुई अर्ब ४१ करोड, सगरमाथा लुम्बिनीमा एक अर्ब ५८ करोड, नेकोमा एक अर्ब १४ करोड, हिमालयन एभरेष्ट्रमा ९७ करोड १४ लाख, सानिमा जिआईसीमा ९२ करोड र युनाइटेड अजोडमा ६३ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

यस्तै, एनएलजीमा ६३ करोड ६४ लाख, राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ६९ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९५ लाख, प्रभु इन्स्योरेन्समा २१ करोड ८ लाख र नेशनल इन्स्योरेन्समा ८ करोड ६२ लाख रुपैयाँ बीमा दाबी परेको छ । 

प्रोटेक्टिभ माइक्रोमा एक करोड ४९ लाख, स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ६५ लाख र नेपाल माइक्रोमा ५९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । 

यस्तै, सिद्धार्थ इन्स्योरेन्समा ३९७ वटा दाबी परेको छ । दि ओरियण्टलमा ९९, आइजिआई प्रुडेन्सियलमा २१५, शिखरमा ४३५, सगरमाथा लुम्बिनीमा ३४२, नेकोमा २६४, हिमालयन एभरेष्ट्रमा २७१ वटा बीमा दाबी परेको छ । 

यस्तै, सानिमा जिआईसीमा १७६, युनाइटेड अजोडमा २३८, एनएलजीमा २०८, राष्ट्रिय बीमा कम्पनीमा २४७, नेपाल इन्स्योरेन्समा १०९, प्रभु इन्स्योरेन्समा १११, नेशनलमा २५ वटा बीमा दाबी परेको छ । 

प्रोटेक्टिभ माइक्रोमा १३, स्टारमा ९, ट्रस्टमा ११ र नेपाल माइक्रोमा १७ वटा बीमा दाबी परेको छ ।  

सम्पति बीमामा १९ अर्ब दाबी

निर्जीवन बीमा कम्पनीहरुमा सम्पति बीमा सबैभन्दा धेरै दाबी परेको छ । प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीमा सम्पति बीमामा ६७३ वटा बीमा दाबी परेको छ भने १९ अर्ब १ करोड रुपैयाँ बराबरको दाबी परेको छ । कम्पनीहरुले कार्तिक ९ गतेसम्ममा दुई अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।

मोटर बीमामा भने दुई हजार २७० वटा दाबी परेको छ भने तीन अर्ब ४४ करोड रुपैयाँ बराबरको दाबी परेको छ । कम्पनीहरुले ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेका छन् । 

इन्जिनियरिङ तथा जोखिममा बीमामा १९२ वटा संख्याको बीमा दाबी परेको छ भने ३६ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी परेको छ । कम्पनीहरुले चार करोड ६२ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेका छन् । 

परिवहन बीमा १२ वटा दाबी परेको छ भने एक करोड ६६ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । 

अन्य बीमामा ४० वटा र ३८ करोड ७१ लाख रुपैयाँ बराबरको दाबी परेको छ । कम्पनीहरुले २२ लाख रुपैयाँ भुक्तानी गरेका छन्  । 

बागमती प्रदेशबाट निर्जीवन बीमा कम्पनीमा १७ अर्ब ६१ करोड दाबी

जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट बागमती प्रदेशमा १७ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा एक हजार ७२३ वटा दाबी परेको थियो । हालसम्म कम्पनीहरुले दुई अर्ब १५ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

कोशी प्रदेशमा दुई अर्ब ३२ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । तथ्यांक अनुसार सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा ३९२ वटा दाबी परेको थियो । हालसम्म कम्पनीहरुले ३१ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

मधेश प्रदेशमा ७० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । तथ्यांक अनुसार सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा ३६७ वटा दाबी परेको थियो । हालसम्म कम्पनीहरुले चार करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

गण्डकी प्रदेशमा एक अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । तथ्यांक अनुसार सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २१६ वटा दाबी परेको थियो । हालसम्म कम्पनीहरुले १५ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

लुम्बिनी प्रदेशमा ४७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। तथ्यांक अनुसार सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २५७ वटा दाबी परेको थियो । हालसम्म कम्पनीहरुले आठ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

कर्णाली प्रदेशमा नौ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । तथ्यांक अनुसार सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २८ वटा दाबी परेको थियो । हालसम्म कम्पनीहरुले ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

सुदुरपश्चिम प्रदेशमा ३२ करोड ६० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । तथ्यांक अनुसार सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २०४ वटा दाबी परेको थियो । हालसम्म दुई करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

nullnullnull