काठमाडौं । हिमालयन लाइफ इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल कुमार दाहाल नियुक्त भएका छन् । बुधबार बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
यस अघि सीईओ रहेका मनोज लाल कर्ण असाेज २८ गतेदेखि कम्पनीबाट बाहिरिएका थिए । अभिकर्तासँगै कम्पनीका कर्मचारीहरुले सीईओको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका थिए । अभिकर्ता र कर्मचारीको आन्दोलन पछि तत्कालीन सीईओ कर्णले पदबाट राजीनामा दिएका थिए ।
त्यसलगत्तै कम्पनीले डीसीईओ समेत रहेका दाहाललाई निमित्त सीईओकाे जिम्मेवारी दिएकाे थियाे । बुधबार उनै दाहाललाई कम्पनीले सीईओमा नै नियुक्त गरेकाे हाे ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका दाहालसँग क्षेत्रकाे १५ वर्षकाे अनुभव रहेकाे छ । उनले सन् २००९ मा भारतको चेन्नईस्थित आइसीएआई ICAI (Institute of Chartered Accountants of India) बाट चार्टर्ड एकाउन्टेन्सी पूरा हुन्।
दाहाल तत्कालीन यूनीयन लाइफको डीसीईओ थिए । यूनीयन लाइफ, गुरास लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच मर्ज भएर बनेको हिमालयन लाइफमा उनी डीसीईओकै भुमिकामा थिए ।
आर्थिकन्यूज