काठमाडौं । अबिरल वर्षाका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ । वर्षाले मौसम प्रतिकूल त्यसको प्रभाव हवाई उडाउनमा परेको हो ।
जहाँ कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ र दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई दिल्ली तर्फ नै डाइभर्ट गरिएको विमानस्थलले जानकारी दिएको छ ।
आन्तरिक उडान समेत ठूलो असर परेको देखिन्छ। कम भिजिबिलिटीका कारण केही आन्तरिक उडान रद्द भएका छन् ।
आर्थिकन्यूज