शीर्षकहरू

अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार

अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार

काठमाडौं । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेसक्याम्पमा क्षेत्रमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

आज विहान ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको सशस्त्रले जनाएको छ ।

 उद्धार गरिएका मध्ये एक जना महिला बिरामी रहेको प्रहरीले जनाएको छ । एक जना  पुरुषको खुट्टामा चोट लागेको छ भने सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको छ ।


पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले आज बिहान ११ नेपालीलाई चामेतर्फ ल्याएको छ । चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेसक्याम्पमा नै बसेका छ्न् ।