शीर्षकहरू

जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशमा मात्र डेढ अर्बको क्षतिः मुख्यमन्त्री बानिया

जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशमा मात्र डेढ अर्बको क्षतिः मुख्यमन्त्री बानिया

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले  जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशहरूमा ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि संघीय सरकारसँग सहयोग मागिएको बताएका छन। आन्दोलनका कारण बागमती प्रदेशमा मात्रै करिब डेढ अर्बको क्षति भएको जानकारी गराएको उनले बताएका छन् । 

उनले प्रदेश सरकारहरू संघीय सरकार मातहतका निकायको रुपमा नहेर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री कार्कीसँग आइतबार भएको सामूहिक छलफलमा मुख्यमन्त्री बानियाँले संविधानले नै व्यवस्था गरेको छुट्टै सरकारलाई संघ सरकारको इकाइका रूपमा हेर्न नहुने बताए।