शीर्षकहरू

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त

काठमाडौं। एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई आगामी चार वर्षको लागि सीइओको जिम्मेवारी दिएको हो ।

उनले एक महिनाभित्र सीइओको कार्यभार सम्हाल्ने छन्। शाक्यसँग बैंकिङ क्षेत्रमा काम गरेको तीन दशक लामो अनुभव छ।

उनले नबिल बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत कार्यभार सम्हालिसकेका छन्। नबिल आउनुअघि शाक्य ग्लोबल आइएमइ बैंकमा थिए । त्यसअघि उनी जनता बैंकमा थिए । जनता ग्लोबलमा गाभिएपछि उनले केही समय काम गरेका थिए । उनले जनताअघि सिभिल बैंकमा पनि काम गरेका थिए।

एनआइसीमा सीइओ रोशन कुमार न्यौपानेले राजीनामा दिएसँगै पद रिक्त थियो ।

null