काठमाडौं । गत असोज १८ गते आएको अविरल बर्षा तथा बाढी पहिरोका कारण मुलुकका विभिन्न ३७ वटा जिल्लाबाट बीमा कम्पनीहरुमा बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार इलाम, पर्सा, स्याङ्जा, बाँके लगायतका जिल्लाबाट बीमा दाबी परेको छ ।
तथ्यांक अनुसार दाबी परेको जिल्लामध्ये इलामबाट सबैभन्दा बढी बीमा दाबी परेको छ । असोजको बर्षाले इलाम सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति भएको थियो । प्राधिकरणका अनुसार गत कार्तिक १२ गतेसम्ममा इलाममा एक अर्ब ९७ करोड २५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ भने ६० वटा बीमा दाबी परेको छ । सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुमा ७३४ वटा बीमा दाबीबाट तीन अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार सुनसरीमा ३८ करोड ५३ लाख रुपैयाँ बीमा दाबी परेको छ । काठमाडौं जिल्लामा ३६ करोड ५७ लाख रुपैयाँ बीमा दाबी परेको छ । झापा जिल्लामा २१ करोड ५२, रौतहट जिल्लामा ११ करोड २२ लाख, पर्सामा जिल्लामा ९ करोड ५७ लाख, मोरङ् जिल्लामा ९ करोड ४५ लाख, पाँचथर जिल्लामा ९ करोड १८ लाख, काभ्रेपलान्चोक जिल्लामा ६ करोड ३० लाख र बारा जिल्लामा ६ करोड १५ लाख रुपैयाँ बीमा दाबी परेको छ ।
सुनसरी जिल्लामा भने १९७ वटा बीमा दाबी परेको छ । काठमाडौं जिल्लामा ८० वटा बीमा दाबी परेको छ । झापामा २०, रौतहटमा २८, पर्सामा ७१, मोरङमा ९०, पाँचथरमा ७, काभ्रेपलान्चोकमा ६ र बारा ३६ वटा बीमा दाबी परेको छ ।
बाढी पहिरोले सम्पति बीमा ३८२ वटा बीमा दाबी परेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिममा बीमा ९२ वटा बीमा दाबी परेको छ । कृषि तथा बालि बीमामा २०९ वटा बीमा दाबी परेको छ । मोटर बीमा (निजी) मा ३७ वटा बीमा दाबी परेको छ । मोटर बीमा (सार्वजनिक) १०, अन्य बीमा एउटा र सामुद्रिक बीमामा तीन वटा बीमा दाबी परेको छ ।
तथ्यांक अनुसार सम्पति बीमामा तीन अर्ब १९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमामा ५० करोड ६४ लाख बीमा दाबी परेको छ ।
कृषि तथा बालि बीमामा चार करोड ३२ लाख, मोटर बीमा (निजी) मा दुई करोड ६६ लाख, मोटर बीमा (सार्वजनिक) मा एक करोड आठ लाख, अन्य बीमामा १० लाख र सामुन्द्रिक बीमामा नौ लाख ८५ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
बाढी पहिरोले शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै ५९ वटा बीमाबाट ६१ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । युनाइटेड अजोडमा ३३ वटा बीमाबाट ६० करोड ५६ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ६९ वटा बीमाबाट ५० करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । एनएलजी इन्स्योरेन्समा ४६ वटा बीमा दाबीबाट ५० करोड ६० लाख रुपैयाँ बीमा दाबी परेको छ ।
नेशनल इन्स्योरेन्समा २६ वटा बीमा दाबीबाट ३० करोड ५० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा ३५ वटा बीमा दाबीबाट ३७ करोड ५७ लाख, दि ओरियण्टल इन्स्योरेन्समा २१३ वटा बीमा दाबीबाट २१ करोड ४३ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ६४ वटा बीमा दाबीबाट १७ करोड ६ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा ६३ वटा बीमाबाट १२ करोड ४४ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ३१ वटा बीमाबाट १२ करोड १० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीबाट ४५ वटा बीमाबाट १० करोड ६९ लाख रुपैयाँ, प्रभु इन्स्यारेन्समा ८ वटा बीमाबाट १० करोड ४६ लाख रुपैयाँ बीमा दाबी परेको छ ।
यस्तै, सानिमा जिआईसीमा ३४ वटा बीमाबाट दुई करोड ८५ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ३ वटा दाबीबाट आठ लाख २० हजार र स्टार माइक्रो इन्स्योरेन्समा ५ वटा दाबीबाट आठ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
आर्थिकन्यूज