काठमाडौं । लामो विवादमा फसेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुलको बक्यौता रकम तिर्न अनाकानी गरेकोमा आज पुन केहि उद्योगले महशुल तिरेका छन् । विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका हुन् ।
भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।
आर्थिकन्यूज