शीर्षकहरू

कमल ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

कमल ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको  आदेश

 

काठमाडौं । पूर्व बैंकर्स कमल ज्ञवाली थुनामुक्त गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ । बैंकिङ कसुरमा जेल परेका साबिकको किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक समेत ज्ञवालीकी श्रमती गौरी खनाल ज्ञवालीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीन मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा परमादेश जारी गरेको थियो ।