शीर्षकहरू

ग्रीनलाइफ हाइड्रोपावरले एकै दिन तीन साधारण सभा गर्दै

ग्रीनलाइफ हाइड्रोपावरले एकै दिन तीन साधारण सभा गर्दै

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आज तीन आर्थिक वर्षको साधारण सभा एक दिन गर्ने भएको छ ।  आज बिहान ११ बजेदेखि नक्सालस्थित लिसारा रिसेप्सनमा १३औं, १४औं र १५औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

तीन वर्ष रोकिएर भएको यो साधारणसभामा आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मको वर्षिक तथा आर्थिक प्रतिवेदन स्वीकृत गर्ने कार्यतालिका छ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

साथै, सभाले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।