शीर्षकहरू

विन्ध्यवासिनी हाइड्रोले ऋण तिर्न शतप्रतिशत हकप्रद बिक्री गर्ने

विन्ध्यवासिनी हाइड्रोले ऋण तिर्न शतप्रतिशत हकप्रद बिक्री गर्ने

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासनको निर्णय गरेको छ ।

कम्पनीको कात्तिक १७ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दायीत्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यो प्रस्ताव नियमनकारी निकायबाट स्वीकृति भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।