शीर्षकहरू

बागदरबारको रेट्रोफिटिङगको जिम्मा गौरी पार्वती निर्माण कम्पनीलाई

बागदरबारको रेट्रोफिटिङगको जिम्मा गौरी पार्वती निर्माण कम्पनीलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारको रेट्रोफिटिङ्गको जिम्मा गौरी पार्वती निर्माण कम्पनीलाई दिने भएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै न्यूनतम मूल्यको आधारमा कम्पनीले गरेको प्रस्ताव स्वीकार गरिएको जनाएको छ । रेट्रोफिटिङ्गका कम्पनीले ३६ करोड ९० लाख रुपैयाँको प्रस्ताव गरेको थियो । 

यस्तै, महानगरले अन्य विभिन्न दुई वटा प्रस्ताव समेत स्वीकृत गर्ने भएको छ । महानगरको खरिद शाखाबाट प्रकाशित सूचनाअनुसार १६ कार्तिक २०८२ मा सार्वजनिक गरिएको बोलपत्र मूल्यांकन पछि ती प्रस्ताव स्वीकृत गर्न सिफारिस गरिएको हो।

सूचना अनुसार स्वीकृतिका लागि सिफारिस गरिएका ठेक्कामध्ये स्वयम्भू क्षेत्रमा सडक बत्ती आपूर्ति र जडानसम्बन्धी योजना का लागि धराबिजुली सर्भिसेजलाई  चयन गरिएको छ। उक्त योजनाको मूल्य तीन करोड २९ लाख ९५ हजार ३१३ रुपैयाँ रहेको छ।

साथै शिवस्थली क्रियापुत्र भवन निर्माण कार्यको ठेक्का आरबी देशमारु योजान जेभीलाई सिफारिस गरिएको छ, जसको अनुमानित लागत दुई करोड ७८ लाख ९३ हजार ८६२ रुपैयाँ रहेको छ।

महानगरले बोलपत्र मूल्यांकन सबै प्राविधिक तथा वित्तीय प्रक्रिया पूरा गरी ठेक्का स्वीकृतिका लागि अन्तिम तयारी गरेको जनाएको छ। ठेक्का स्वीकृति भएपछि सम्बन्धित कम्पनीहरूले सम्झौताअनुसार काम प्रारम्भ गर्ने छन्।

null