काठमाडौं । एनएलजी इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि स्थापित कोषमा एनएलजीले यो सहयोग गरेको हो।
उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे।
योसँगै कोषमा सात करोड एकाउन्न लाख रुपैयाँ संकलन भएको छ ।
आर्थिकन्यूज