शीर्षकहरू

‘वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमासम्ममा ठगिन्छन्’

‘वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमासम्ममा ठगिन्छन्’

काठमाडौं। वैदेशिक रोजगारका जानकार सुशील ढुङ्गानाले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा जाने नेपालीहरु पाइला–पाइलामा ठगिने गरेको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रको पत्रकार सम्मेलन गर्दै उनले वैदेशिक रोजगारको क्रममा ठगी र शोषण व्यापक रहेको बताएका हुन् । उनले वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा पुगेर जेल पर्नेहरुको अवस्था पनि नाजुक रहेको बताए । 

सरकारले २०७२ सालदेखि मलेसिया, कतार, साउदीअरब, दुवइ, कुबेत, बहराइन, ओमनलगायतको देशमा फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाउन थालेको भए पनि मेनपावर व्यवसायीहरुले उनीहरुसँग चर्को शुल्क लिएर १० हजारको मात्रै रसिद दिने गरेको उनले बताए । 

वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमामा पनि ठगिने गरेको उनले बताए । वैदेशिक रोजगारका जानाकार ढुङ्गानाले वैदेशिक रोजगारीको वर्गीकरण गरेर समस्याको समाधान खोजिनुपर्ने बताए । 

उनले वैदेशिक रोजगारीमा गइसकेका नागरिक, वैदेशिक रोजगारको प्रक्रियामा रहेका नागरिक र कालन्तरमा वैदेशिक रोजगारीमा जाने नागरिक गरी वर्गीकरण गरेर उनीहरुको समस्याको समाधान पनि सोहीअनुसार खोजिनुपर्ने बताए । वैदेशिक रोजगारीको नाममा हरेका दिन दुई हजार नेपाली कुनै न कुनै रुपमा ठगिने गरेको उनको भनाइ छ ।