काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २० औं साधारण सभा बोलाएको छ । बैंकको कात्तिक १३ गते सम्पन्न बैठकको निर्णयले सो सभा मंसिर ६ गते, सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
आर्थिकन्यूज