शीर्षकहरू

भारतमा सार्वजनिक भयो नयाँ हुन्डाई भेन्यु, कति पर्छ मूल्य ?

भारतमा सार्वजनिक भयो नयाँ हुन्डाई भेन्यु, कति पर्छ मूल्य ?

काठमाडौं । हप्तौंदेखि जारी टीजर र झलकहरूपछि, हुन्डाई इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य भारु ७.९० लाख (एक्स-शोरुम) राखिएको छ।

नयाँ भेन्यु आठवटा भेरियन्ट र आठवटा रंग विकल्पहरूमा उपलब्ध छ, साथै तीनवटा पावरट्रेन विकल्पहरूसँग आउँछ। यसपटकको भेन्युमा बाहिरी देखावटदेखि आन्तरिक क्याबिनसम्म व्यापक परिवर्तन गर्दै आधुनिक प्रविधि र प्रिमियम लुकलाई प्राथमिकता दिइएको छ ।

नयाँ भेन्युको अगाडि क्रोम इन्सर्टसहितको आयताकार ग्रिल, ठाडो क्वाड–बीम एलईडी हेडलाइट, सी आकारको डीआरएल, पछाडि कनेक्टेड टेललाइट क्लस्टर र थ्री–डी भेन्यु लोगो जडान गरिएको छ । साइड प्रोफाइलमा १६ इन्चको अलोय ह्विल र सी–पिलरमा सिल्भर इन्सर्ट राखिएको छ । रग्ड लुक दिनका लागि अगाडि र पछाडि मोटा फक्स स्किड प्लेट पनि थपिएको छ ।

यसको क्याबिन पूर्ण रूपमा पुनःडिजाइन गरिएको छ। नयाँ ड्यासबोर्डसहित १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, ४–वे पावर ड्राइभर सिट, वायरलेस चार्जर र एम्बियन्ट लाइटिङ जस्ता उन्नत सुविधा समावेश गरिएको छ । सुरक्षाका लागि अगाडि र पछाडि एयरब्याग, एबीएस, ईबीडी, ईएससी आदि फिचर थपिएका छन्।

नयाँ भेन्युमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध छन् । टर्बो पेट्रोल इन्जिनले अधिकतम १२० पीएस शक्ति उत्पादन गर्छ । पहिलोपटक डिजेल भेरियन्टमा ६स्पिड अटोमेटिक गियरबक्स उपलब्ध गराइएको छ भने यसको डिजेल म्यानुअल भेरियन्टले २०.९९ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ।

यो एसयूभीले भारतीय बजारमा महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन, मारुती ब्रेजा, स्कोडा कुसोक तथा किया सोनेटजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।