शीर्षकहरू

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरु प्रसाद पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरु प्रसाद पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी फेरेफेर भएको छ । हाल कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई तोकिएको छ ।

पौडेललाई आजै अर्थात् कात्तिक १९ गतेदेखि लागू हुने गरि प्रवक्ता तोकिएको केन्द्रिय बैंकले जनाएको छ ।हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा छन् ।

२०५९ सालमा केन्द्रिय बैंकमा प्रवेश गरेका पौडेलसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, भक्तानी प्रणाली विभाग, विदेशी विनिमयन व्यवस्थापन विभाग र सुपरिवेक्षण विभाग लगायतको कार्यअनभुव छ ।