शीर्षकहरू

नेप्सेमा दरमखोला हाइड्रोको शेयर सूचीकृत, विहीबारबाट कारोबारमा आउने

नेप्सेमा दरमखोला हाइड्रोको शेयर सूचीकृत, विहीबारबाट कारोबारमा आउने

काठमाडौ ।  दरमखोला हाइड्रो एनर्जी लिमिटेडका साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका यी शेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३%) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ लाख ५५ हजार कित्ता (६१.६७%) कम्पनीका संस्थापक लगानीकर्ताहरूको स्वामित्वमा रहेको नेप्सेले जनाएको छ ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले उक्त कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा काम गरेको थियो । नेप्सेले २०८२ साल कार्तिक १६ गतेको निर्णयअनुसार सूचीकरण प्रक्रिया सम्पन्न गरी मिति २०८२ साल कार्तिक १९ गते औपचारिक रूपमा सूचना प्रकाशित गरेको हो।

दरमखोला हाइड्रोका सेयरहरू दोस्रो बजारमा आगामी कार्तिक २० गतेबाट कारोबार हुन सुरु गर्नेछन् । कम्पनीको प्रधान कार्यालय बागलुङको गाल्कोटमा रहेको छ भने शेयरधनी अभिलेखसेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंले प्रदान गर्नेछ ।