शीर्षकहरू

दुई दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको सुधार

दुई दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं । पछिल्ला दुई दिन लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा पुगेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

१४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन अधिकांश समूहका सूचक बढेका छन् । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ । यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो ।

माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको साढे ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

null