शीर्षकहरू

चन्द्रागिरी हिल्सको सेवा कार्तिक २२ गतेबाट पुन: संचालनमा आउने

चन्द्रागिरी हिल्सको सेवा कार्तिक २२ गतेबाट पुन: संचालनमा आउने

काठमाडौ । चन्द्रागिरी हिल्स लिमिटेडको सेवा कार्तिक २२ गतेदेखि पुन: सुचारु  गर्न लागिएको कम्पनीले जनाएको छ।

गत भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा कम्पनीको संरचनामा क्षति पुगेको थियो। कम्पनीका अनुसार सो दिन  कम्पनीको बटम स्टेशन परिसरमा संचालन भईरहेका केबलकारको मुख्य संचालन युनिट तथा केबलकारको गन्डोला पार्किंग तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टर लगायत बटम स्टेशनमा रहेका अधिकांश भौतिक संरचनाहरुमा क्षति पुगेको थियो ।

भदौ २४ गते मंगलबारको दिन अपरान्ह करिब ४: २५ बजेको समयमा ठुलो संख्यामा आएका प्रदर्शनकारीहरुको समुहले कम्पनीको बटम स्टेशनमा तोडफोड तथा आगजनी गरि पूर्ण रुपमा क्षति पुर्याएकोले कम्पनीको सेवा बन्द थियो। त्यस पछि सेवा बन्द रहेकोमा कार्तिक २२ देखि सेवाहरु पुन: सुरु हुने भएको हो।