शीर्षकहरू

शिवश्री हाइड्रोको ८ लाख ६५ हजार कित्ता शेयरको लिलामी खुल्यो

शिवश्री हाइड्रोको ८ लाख ६५ हजार कित्ता शेयरको लिलामी खुल्यो

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले ८ लाख कित्ता बढी शेयर लिलामीमा ल्याएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८ सय ४५ कित्ता शेयर आज कार्तिक २० गतेदेखि लिलामीमा ल्याएको हो।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनुपर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिनको लागि कार्तिक २७ गतेसम्मको म्याद तोकिएको छ ।

कम्पनीको शेयर लिलामी प्रक्रियाको लागि सिटिजन्स क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । काठमाडौँ जिल्ला भित्र सिटिजन्स क्यापिटलको कार्यालय डिल्लीबजारबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ ।

काठमाडौँ बाहिर भने  सिटिजन्स बैंकको शाखाहरु कुमारीपाटी, ठीमी, इटहरी, बिराटनगर, बिर्तामोड, बिरगंज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगंज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले भदौ ११ गतेदेखि असोज २३ गतेसम्म  १ः१ को अनुपातमा  १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जस मध्ये रितपुर्वक आवेदन दिने शेयरधनीलाई १ करोड ३८ लाख ९८ हजार १ सय ५५ कित्ता शेयर बाँडफाँड गरिएको थियो।