शीर्षकहरू

नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान हटाउन निर्देशन

नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान हटाउन निर्देशन

काठमाडौं । सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्न सूचना जारी गरेको छ । आज सूचना जारी गदै नेपाल स्काउटले  खड्का ल्यान्ड डेभलपमेन्ट प्रा।लि।लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको हो । 

खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्काको हो। खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बीचमा भएको सम्झौता सकिए पनि मुद्दा मामिलाका कारण खड्का ल्यान्डले भोगचलन गरिरहेको छ ।  

‘काठमाडौँ महानगरपालिका साबिक वडा नं. २९ (हाल कामनपा वडा नं २६) लैनचौरस्थित कित्ता नं १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा यस नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रा।लि।का बीचमा मिति २०६५ सालमा सम्झौता भई १० वर्षका लागि जग्गा भाडामा लिई उक्त कम्पनीले भोग चलन गर्दै आएको सन्दर्भमा मिति २०७५ सालदेखि सम्झौताको अवधि समाप्त भएको थियो ।’ 

सूचनामा भनिएको छ,‘तर अवधि र पार्किङ लगायतका विषयमा विवाद उत्पन्न भई उजुरी परी सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०७६-०३-१८ को फैसलाको आधारमा उक्त जग्गा, खड्का ल्यान्ड डेभलपमेन्ट प्रा।लि।ले भोगचलन गर्दै आएकोमा नेपाल स्काउटले जिल्ला अदालतको फैसला उपर पुनरावेदन गरी मिति २०७९ असार १३ गते श्री उच्च अदालत पाटनबाट फिराद खारेज हुनेगरी पुनरावेदक प्रतिवादीको नाममा जारी भएको मिति (२०७६ असार १८ गतेको सुरु काठमाडौँ जिल्ला अदालतको आदेश नमिलेकाले बदर भई प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहर्छ भनी अन्तिम फैसला भई सो उपर विपक्षीको पुनरावेदन नलाग्ने ठहर भएको थियो ।’

नेपाल स्काउट ऐन, २०५० द्वारा नेपाल स्काउटको स्थापना भएको हो । नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो ।

null