काठमाडौं । कृषि विकास बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ३.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। साथै बैंकमा नेपाल सरकारको पूँजीमा ६ प्रतिशतले हुने नगद लाभांश पनि प्रदान गर्ने निर्णय गरेको हो ।
कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
सरकारको अग्राधिकार शेयर पूँजीमा बैंकले वार्षिक ६ प्रतिशत नगद लाभांश दिँदै आएको छ । यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि प्रदान हुने बैंकले जनाएको छ ।
आर्थिकन्यूज