शीर्षकहरू

सागर डिष्टिलरीको शेयर सूचीकृत, कतिमा हुनेछ कारोबार ?

सागर डिष्टिलरीको शेयर सूचीकृत, कतिमा हुनेछ कारोबार ?

काठमाडौं ।  सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत भएको छ। शेयर सूचीकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिनेछ।

कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय ६ रूपैयाँ ५२ पैसादेखि तीन सय १९ रूपेयाँ ५६ पैसाको मूल्य रेञ्ज पाएको छ। नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। 

कम्पनीको सर्वसाधारणमा रहेको २० प्रतिशत स्वामित्व बराबरको १४ लाख ५२ हजार कित्ता र संस्थापकमा रहेको ८० प्रतिशत बराबरको ५८ लाख आठ हजार कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीको शेयर  रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल छ।