काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो।
३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.३६ प्रतिशत बढेको छ । त्यस्तै, सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ। बैंकको वितरणयोग्य मुनाफा पनि बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ।
आर्थिकन्यूज