काठमाडौं । ब्याट्री कुनै पनि विद्युतीय गाडी (इभी)को मुटु हो । यो केवल उर्जाको स्रोत मात्र होइन, यसले इभीको कार्यक्षमता, गुड्ने दूरी (रेञ्ज), मूल्य, आयु, प्रयोगकर्ताको अनुभव जस्ता विभिन्न महत्त्वपूर्ण पक्षलाई पनि निर्धारण गर्दछ ।
पछिल्लो समय नेपाली बजारमा इभीको बजार तीव्र गतिमा बढिरहेको पाइन्छ । हालैका वर्षहरुमा यस्ता गाडीहरुको बिक्रि वितरण वार्षिक १८० प्रतिशतसम्मले बढेको र नेपाल आयात गर्ने कुल अटोमोबाइलमा ७५ प्रतिशत हिस्सा इभीको रहेको पाइन्छ ।
यो सँगै ठोस रुपमा भन्नु पर्दा धेरै भन्दा धेरै ग्राहकहरु पेट्रोल र डिजेलबाट चल्ने नभई विद्युतबाट चल्ने कार (एसयुभी) तर्फ आकर्षित भइरहेका छन् । यस्तो आकर्षणले उनीहरुको ब्याट्री सम्बन्धी चासो र जिज्ञासा पनि बढाइरहेको एलआरआर मोटर्सका निर्देशक अधीर श्रेष्ठ बताउँछन् ।
एलआरआर मोटर्स चिनिया ईभी अटो ब्राण्ड जिलीको आयातकर्ता तथा विक्रेता कम्पनी हो । जसले जिलीको इएक्सफाइभ (Geely EX5) मोडेलको इभी नेपाली बजारमा बिक्रीवितरण गर्दछ । यो मोडेल प्रो र म्याक्स गरी दुई प्रकारमा उपलब्ध छ । उनका अनुसार यस एसयुभीको ब्याट्री प्याक गुणस्तर, सुरक्षा, र टिकाउपनको दृष्टिकोणले साँच्चै विशेष छ।
शक्ति, रेञ्ज एवं चार्जिंग समय
इएक्सफाइभमा १६० किलोवाट क्षमता भएको मोटरले केवल ६ .९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टासम्मको द्रुत गति प्रत्याभूति गर्दछ । इएक्सफाइभ प्रोको रेञ्ज ४३० किलोमिटर छ भने इएक्सफाइभ म्याक्सको ४२५ किलोमिटर छ । ११ किलोवाटको एसी चार्जर प्रयोग गर्दा यी दुवै गाडीको ब्याट्री करिब ६ घन्टामा १० देखि १०० प्रतिशत सम्म चार्ज हुन्छ। यस्तै, १०० किलोवाटको डिसी चार्जरको प्रयोगमा २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ।
श्रेष्ठका अनुसार जिली गाडीमा भएकाे ब्याट्री, साे ब्याट्रीकाे प्रफमेन्स, उच्चतम रेञ्ज र न्यूनतम चार्जिड समयका कारण उक्त गाडी नेपाली ग्राहकहरुकाे आकर्षकको केन्द्र बन्न पुगेको छ ।
अत्याधुनिक सर्ट ब्लेड डिजाइन
यो ब्याट्री अत्याधुनिक सर्ट ब्लेड प्रविधिमा आधारित छ। लिथिएम आएन फोस्फेट जस्ता रासायनिक पदार्थ प्रयोग गरिएकाले सर्ट ब्लेड डिजाइनको ब्याट्रीले तापको बढी प्रभावकारी ढंगले व्यवस्थापन गर्दछ। यो प्राविधिक गुणले ब्याट्रीलाई चिसो र गर्मी जुनसुकै मौसममा पनि छिटो र छरितो किसिमले चार्ज गर्न मद्दत गर्छ। जसले गर्दा अधिक तापका कारण ब्याट्री विष्फोट हुनसक्ने सम्भावना नै हुँदैन।

जिलीको आफ्नै उत्पादन
अन्य इभी ब्रान्डको ब्याट्री एउटा कम्पनीले र बाहिरी बनावट (बडी) र पार्टपुर्जा अरु फरक-फरक कम्पनीले तयार पार्दछन्। तर, जिलीकाे ब्याट्री यस गाडीको उत्पादन गर्ने कम्पनी झेजियाङ्ग होल्डिंग ग्रुप लिमिटेड स्वयंले निर्माण गरेको हो । कम्पनीले ब्याट्री आफै उत्पादन गर्दा गाडीकाे बडीसँग ब्याट्री यसको बडी सँग ठ्याक्क मेल खान्छ। यस्तो मेलको कारणले पनि ब्याट्रीको कार्यक्षमता उच्च र आयु लामो छ ।
५० वर्षको आयु, १० लाख किलोमिटर गुड्ने
जिलीकाे ब्याट्री ५० वर्षसम्म टिक्ने कम्पनीकाे दाबी छ । ब्याट्रीको आयु ३५ सय पटक चार्जिङ साइकल रहेकाे छ । यसकाे मतलब जिलीकाे ब्याट्री १० लाख किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।
कठिनतम परीक्षणमा सफल सावित
इएक्सफाइभको ब्याट्रीलाई विभिन्न कठिन भन्दा कठिन परिस्थितिमा परीक्षण गरिएको छ। यो समुद्रको पानीमा लामो समयसम्म डुबाउने, नेल पेनेट्रेसन, आगोको उच्चतम तथा १३५ डिग्रीको न्यूनतम तापक्रममा राख्ने, भारी तौल भएको रोलर माथि गुडाउने जस्ता कठोर परीक्षणमा पनि सफल सावित भएको पाइन्छ।
समुद्रमा डुबाँउदा पनि जस्ताको तस्तै
बजार प्रबन्धक श्रेष्ठका अनुसार कम्पनीले ब्याट्री निर्माण गरेपछि टेस्टका लागि समूद्रको पानीमा धेरै समयसम्म राख्छ । यस्तो परीक्षणको क्रममा ब्याट्रीमा कुनै असर नपरेको पाइन्छ। नेपाल जस्तो बाढी आइरहने देशका लागि यो गाडी उपयुक्त हुन्छ, किनकी बाढीले कथमकदाचित यसलाई डुबायो भने पनि त्यसको ब्याट्री बिग्रँदैन ।
८ नेइल पेनिट्रेसन परिक्षण उत्तिर्ण विश्वकै पहिलो ब्याट्री
पेनिट्रेसन टेस्टको क्रममा ब्याट्रीलाई आठवटा फलामको किलाले ठोकेर यसमा विष्फोटन हुने वा अन्य समस्या आउँछ कि आउदैन भनी जाँच गर्ने प्रक्रिया हो।
यात्राको क्रममा कही कतै गाडीको ब्याट्रीलाई कंकड, काँटी, काँडा आदिले घोच्न वा प्वाल पार्न सक्छ । यस्तो स्थितिमा अन्य इभी ब्राण्डका ब्याट्रीहरुमा प्रतिकुल प्रभाव परी पड्किन र आगो लाग्न पनि सक्छ, तर जीली इएक्सफाइभको ब्याट्री भने यस समस्याबाट पूर्ण मुक्त छ।
‘‘यस गाडीको ब्याट्रीले अन्य गाडीको ब्याट्रीको तुलनामा ८ गुणा धेरै नेइल पेनिट्रेसन टेस्ट पास गरेको हुन्छ । त्यसैले यसको ब्याट्रीलाई संसारकै पहिलो फायर, वाटर र बुलेट प्रुफ ब्याट्री पनि भनिन्छ,” श्रेष्ठ बताउँछन्।
ढुंगामा ठोक्किदा पनि पर्दैन प्रभाव
नेपालको भौगोलिक अवस्थाको कारणले यँहाका सडकहरु गम्भीररुपले चुनौतीपूर्ण छन् । यस्ता बाटाहरुमा उकाको र ओरालो र भिरालो मोडको अतिरक्त अधिक कंकड़र र पत्थरयुक्त छन् । त्यसैले इभीमा यात्रा गर्दा कतै ढुंगाले ठोक्कर दिई ब्याट्री ड्यामेज हुने हो कि भन्ने चिन्ता हुन्छ। तर जिलीमा चढ्दा कुनै यस्तो टाउको दुखाई नहुने श्रेष्ठ बताउँछन्। 'जिली ब्याट्रीलाई फलामको भारी ढुंगा ठोक्काएर परीक्षण गर्दा पनि यसमा कुनै चोट पुगेन। फलामको ठक्करले केही बिगार्न नसकेको ब्याट्रीलाई ढुंगाको ठक्कर असर गर्न सक्ने कुनै सम्भावना नै हुदैन,' उनले भने।
गुणस्तर, नवीनता, सुरक्षा र टिकाउपन, यी सबै पक्षबाट जिलीको ब्याट्री नेपालको मात्र नभई विश्वकै सर्वोकृष्ट ब्याट्री हो। त्यसैले यसले नेपाली बजारमा मात्र नभई अन्तराष्ट्रिय बजारमा पनि आफ्नो छवि निर्माण गर्न सफल भइरहेको बताइन्छ।

आर्थिकन्यूज