शीर्षकहरू

लक्ष्मी सनराइज क्यापिटलको लाभांश प्रस्ताव पारित

लक्ष्मी सनराइज क्यापिटलको लाभांश प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले १५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । सभाले  १५.७९ प्रतिशत अर्थात ७.७२ करोड (कर सहित) नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै आगामी आव २०८२-०८३ को लेखापरीक्षण कार्यका लागि हालका लेखापरीक्षक एन.बी।एस।एम एण्ड एशोसिएट्सलाई पुनः नियुक्त गर्ने निर्णय गरिएको छ । सभामा वार्षिक प्रतिवेदन, आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिएको छ ।

कम्पनीले नेपालको पुँजी बजारको इतिहासमा पहिलोपटक सेयर निष्काशनसँग सम्बन्धित मर्चेण्ट बैंकिङ्ग र सामूहिक लगानी कोष सञ्चालनको सुरुआत गरेको थियो। विगत तीन दशकदेखि कम्पनीले नेपालको धितोपत्र बजारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

हाल कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरको पाँचवटा बन्दमुखी म्युचुअल फण्ड र एक वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ । आव २०८१-०८२ मा सबै म्युचुअल फण्डले दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन् । 

साथै लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड जसको पुँजी एक अर्ब रुपैयाँ रहेको छ, दिगो उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यमा अघि बढिरहेको क्यापिटलले जनाएको छ ।